Wednesday 6 June 2012

कालो र सेतो (कविता)


जब कालो देख्छु अनि कालै सुन्छु,
अनि सेतोको कल्पना गर्छु,
आगोको रापमा पिल्सिदै जाँदा पो,
बल्ल म हिउँ को चिसोपन देख्छु,

एकै निमेष पनि कुम्भकर्ण नछोड्ने,
आकास चिर्ने सपना बुन्छु,
जब जब बाँधिएर पिंजडामा पर्छु,
अनि मात्र पखेटाको चाहाना गर्छु,

पहिले जादुगरको जादु पत्त्याउने म
अचेल जीवनलाइ नै कालो देख्छु,
एउटी अबला माथि गुण्डाहरुको
पालो झैँ देख्छु,

म हुँ मानव
मानवता देखाउछु ,
लुट्छु, उडाउछु मेवा खान्छु,
अनि मात्र सेवा देखाउछु,

धेरै रंगहरु देखे, ढंगहरु देखे
अनि तिनीहरुमाथिको ब्यङ्ग पनि देखे,
तर मेरो नौटंकीमा हस्नेहरुलाइ,
चन्डाल रिसाहाको रिस पोखे

द्वेष र रागको प्रतिवादी बन्छु,
ढोँगी बाबाको खोइरो खन्छु,
मान्छेलाई माग्ने भन्छु अनि
कुकुरलाई म्वाई खान्छु,

आफ्नै मनबाट मन यो मोडीरहेछु
अरुको अट्टहासमा डाह गर्ने म,
आज यसै यसै खित्का छोडिरहेछु,

भन्नेहरु भन्छन म पागल भएछु,
ब्यन्जन नालीमा फाली भर्सेलिमै हगेछु,
तर म त मानव हुँ मानवता देखाउछु,
विवेक गोजीमा हाल्छु अनि दुनिया केलाउछु ।।

Read more »

Saturday 2 June 2012

मृत्‍युगान (कविता )



म त हुँ एक मृत्‍युप्यासी पाँसो र विश खोजिरहेछु
हास्तै दाँयालु मृत्‍युलाई  जीजीविसा भिख दिइरहेछु ।।

को हुन् प्रेमी कस्ता छन् मित्र सबका चाला हेरिरहेछु
आफन्तको तिखा प्रहार छातिमथि सहिरहेछु ।
नभन मलाई अरु बाँच,दुख सारा झेलिरहेछु
म्रुत्युनै हो स्वर्गीय सुख यसैलाई रोजिरहेछु ।।

म त हुँ सिर्फ एक श्मसान जहाँ आफ्नै लास गाडीरहेछु
आफ्नै मृत्‍युगानको झन्कारमा तान्डव म मच्चाइरहेछु ।।

जीवन हो त्यो जटिल सुत्र सबैलाई भनिरहेछु
जति बाँच्यो उति दलदल भित्र म गडिरहेछु ।
हिनता र एक्लोपनमा आँफैसँग खेलिरहेछु
बिना कसूर किन यत्रो सजाँय म भोगिरहेछु ।।

म त हुँ एक मृत्‍युप्यासी पाँसो र विश खोजिरहेछु
हास्तै दाँयालु मृत्‍युलाई  जीजीविसा भिख दिइरहेछु ।।

Read more »