Saturday 2 June 2012

मृत्‍युगान (कविता )



म त हुँ एक मृत्‍युप्यासी पाँसो र विश खोजिरहेछु
हास्तै दाँयालु मृत्‍युलाई  जीजीविसा भिख दिइरहेछु ।।

को हुन् प्रेमी कस्ता छन् मित्र सबका चाला हेरिरहेछु
आफन्तको तिखा प्रहार छातिमथि सहिरहेछु ।
नभन मलाई अरु बाँच,दुख सारा झेलिरहेछु
म्रुत्युनै हो स्वर्गीय सुख यसैलाई रोजिरहेछु ।।

म त हुँ सिर्फ एक श्मसान जहाँ आफ्नै लास गाडीरहेछु
आफ्नै मृत्‍युगानको झन्कारमा तान्डव म मच्चाइरहेछु ।।

जीवन हो त्यो जटिल सुत्र सबैलाई भनिरहेछु
जति बाँच्यो उति दलदल भित्र म गडिरहेछु ।
हिनता र एक्लोपनमा आँफैसँग खेलिरहेछु
बिना कसूर किन यत्रो सजाँय म भोगिरहेछु ।।

म त हुँ एक मृत्‍युप्यासी पाँसो र विश खोजिरहेछु
हास्तै दाँयालु मृत्‍युलाई  जीजीविसा भिख दिइरहेछु ।।

0 comments:

Post a Comment