Saturday 15 December 2012

बिम्ब (कविता)


चरित्रको ठुलो झ्यांगबाट

अनुशासनका केहि मुनाहरु टिपेर

पराकाष्ठाको ठुलो नान्गलोमा राखी

कानुनको प्रचण्ड घाममा सुकाएँ

इच्छाहरु माडेर धुलो बनाई

असन्तुष्टिको साफी लगाएँ

अनि बाँकी रहेका नैतिकतालाई पनि

केलाई केलाई फालें

निराशाको ठुलो चिलिममा राखेर

आशाहरु सल्काए अनि

एक सर्को ताने

सफलताको धूवाँ उडाएँ।

0 comments:

Post a Comment