Thursday 27 September 2012

Sketches

C. Ronaldo

 My Sister Asmita Pathak 

My Friend Nirajan Pokhrel 

My self -sketch 

Read more »

Saturday 8 September 2012

अघोषित वध (कविता )


आश र चुरो बिनाको खास बनि उदय भएको
पारख बेगर नै साँचोमा फ्याँकिएको
उर्वर बनाउनुको साटो भट्टामा पोलिएको
माटो झैँ भा’को छु
त्यसैले त चर्किदै छु
अहिले फुटेको इँटा भा’को छु |

चिल्ला पात देखेर मलजल नै नगरिएको
अकबरी सुन फलाउने आश लिइएको
नछिमलिकनै सुरिलो हुनुपर्ने
बिरुवा झैँ भा’को छु
बर्षैपिच्छे फल दिएर पनि
स्याउलाको निम्ति भाँचिएको छु
त्यसैले त बिना पात खन्ग्रंगई भा'को छु
अहिले दाउरा पनि नबन्ने
कुहिएको काठ भा’को छु |

बहुउपयोगी यन्त्रमानव अनि दस टाउके रावण जस्तो
खै कस्तो कस्तो ठानिएको छु
एक उफ्राइ मै चन्द्रमा टेक्ने
मधुकरको बज्रठिङ्गा मानिएको छु
तर म त एक मानव
लहराको नयाँ मुन्टा जस्तो
जता बाटो पायो उतै लम्कने
छलिएको नव-फिरन्तेको पाइला जस्तो
त्यसैले त उकुस-मुकुस भा’को छु
मोक्षप्राप्तिको डोरी बाट्दै छु |

न त बलियो इँटाको घर बनाएँ
न त चिल्ला पात, सुरिलो रुखमा सुन नै फलाएँ
न हुँ यन्त्रमानव
न चन्द्रमा नै टेकें
अन्ततः मरे र स्वर्ग देखेँ
ती अतृप्त सपनाहरुमाथि कुठाराघात गरेँ
गराएँ र गराइएँ
हिम्मत हुदाँ हुदै पनि डराएँ
बिना आवाज कराएँ
आफुलाई खोज्दा खोज्दै हराएँ
र अहिले बिलाएँ |

अन्ततः जानाजान बाछिटाले हानेको लुगा भा’को छु
अझ भनौं लुगाको त्यो पानी भा’को छु
गुरुत्वसँग त झर्दै नै छु
निचोरिकन पनि झारिदैं छु
हरेश र हिनता पा’को छु
त्यसैले त आफै डोरी कस्न बाध्य छु
अहिले सल्किदैं छु
एकछिनमै कलकल पानीसँगै बग्नेछु
भवसागर तर्नेछु |  

(यो कविता एस.एल.सी. परिक्ष्याबाट पिडित भै ज्यान गुमाउनेहरुको जीवन चरितार्थ गर्ने प्रसंगमा लेखिएको हो, कविता चाई ती सम्पूर्ण अभिभावकहरुमा समर्पित छ जसले आफ्नो छोरा-छोरीहरुबाट अनावश्यक रुपमा बढ्ता आश लिएका छन् )

Read more »